मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सञ्चारगृह वा महासंघको परिचयपत्रका आधारमा प्रेस पास उपलब्ध गराउन माग

बुधबार, २० फागुन २०८२, २१ : ३०
बुधबार, २० फागुन २०८२

सारांश

  • नेपाल पत्रकार महासंघले निर्वाचनको समाचार संकलनका लागि प्रेस पासको माग गरेको छ।
  • महासंघले सूचना विभाग र अन्य सरकारी निकायबाट प्रेस पास उपलब्ध गराउन आग्रह गरेको छ।
  • पत्रकारको सुरक्षा र निर्वाचन आचारसंहिताको पालना गर्न महासंघले आह्वान गरेको छ।

काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रतिनिधि सभा निर्वाचनको समाचार संकलनका लागि सम्बद्ध सञ्चारगृह वा महासंघको परिचयपत्रका आधारमा प्रेस पास उपलब्ध गराउन माग गरेको छ ।  

महासंघका महासचिव रामप्रसाद दाहालले बुधबार प्रेस विज्ञप्ति निकाल्दै सम्बद्ध सञ्चारगृह वा महासंघको परिचयपत्रका आधारमा समाचार संकलन लागि सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास उपलब्ध गराउन माग गरेका हुन्। 

प्रतिनिधि सभा निर्वाचनको समाचार संकलनमा प्रशासनिक झन्झट व्यहोर्नु परेको भनी देशभरबाट पत्रकार तथा सञ्चारगृहले गुनासो प्रति नेपाल पत्रकार महासंघ गम्भीर भएको छ ।

मतदानको अघिल्लो दिनसम्म पत्रकार र सञ्चारगृहले सहज रूपमा जनता समक्ष सूचना पुर्‍याउने दायित्व पूरा गर्ने वातावरण नबनेकोमा महासंघले दुःख व्यक्त गरेको छ । 

‘पत्रकारलाई सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृह वा नेपाल पत्रकार महासंघको परिचयपत्रका आधारमा मतदान, मत गणनाको समाचार संकलन र त्यसका लागि सवारी साधनको पास तत्काल उपलब्ध गराउन महासंघ निर्वाचन आयोग र नेपाल सरकारसँग जोडदार माग गर्दछ,’विज्ञप्तिमा भनिएको छ,‘पारदर्शी, स्वच्छ, निषपक्ष र स्वतन्त्र निर्वाचनका लागि नेपाली प्रेस जगतको भूमिका रहिआएको सन्दर्भमा प्रेसलाई आफ्नो दायित्व निर्वाहमा सहजीकरण र समन्वय गर्नु सम्बद्ध निकायको कर्तव्य हुन आउँछ । अन्यथा निर्वाचनप्रति नै आशंका सिर्जना हुन सक्नेतर्फ गम्भीर हुन महासंघ सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछ ।’

निर्वाचनको क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन समेत महासंघले माग गरेको छ। पत्रकारहरू सुरक्षित रूपमा कार्यथलोमा खटिन र तटस्थता कायम राख्दै निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको परिपालना गर्न महासंघले आह्वान समेत गरेको छ। 

643794780_4194487164097397_1728155924667650755_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप