निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे
सारांश
- निर्वाचन विरोधी गतिविधिमा संलग्न १९५ जनामध्ये १०३ जनालाई छाडियो।
- साइबर कसुर र सामाजिक सञ्जालको दुरुपयोगमा १७ जना हिरासतमा छन्।
- भारतीय प्रधानमन्त्रीलाई बधाई दिएको भिडियो बनाउने एक जना पक्राउ परे।
काठमाडौँ । निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा बुधबार साँझ १०३ जनालाई छाडिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले साइबर कसुर र सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये १७ जनालाई छाडिएको र १७ जनालाई हिरासतमा राखिएको जानकारी दिए ।
यसैगरी, निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका १६० जनामध्ये बुधबार रातिसम्ममा ८६ जनालाई छाडिएको र बाँकी ७४ जनालाई हिरासतमा राखिएको उनले बताउनुभयो ।
यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका उम्मेदवारलाई बधाई दिएको भनेर भिडियो बनाउने एक जनालाई पनि पक्राउ गरिएको छ । निर्वाचन सुरक्षा व्यवस्था देशभर नै चुस्त रहेको र उच्च मनोबलका साथ प्रहरी टोली निर्वाचनस्थलमा तैनाथ रहेका प्रवक्ता काफ्लेले बताए ।
“कतैकतै होक्स बम देखिए पनि गम्भीर सुरक्षा चुनौती कतै पनि देखिएको छैन । निर्वाचन सुरक्षामा आवश्यकताका आधारमा कुकुर, ड्रोनसहितको टोली परिचालन गरिएका छन् । आधुनिक प्रविधिमार्फत निर्वाचनको सूक्ष्म निगरानीसमेत भइरहेको छ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण