प्रिमियर लिग
पेड्रोको ह्याट्रिकमा चेल्सीको सानदार जितः एस्टन भिल्ला ४–१ ले पराजित
बिहीबार, २१ फागुन २०८२, ०३ : २६
सारांश
- चेल्सीले एस्टन भिल्लालाई ४-१ ले पराजित गर्यो, जसमा जोआओ पेड्रोले ह्याट्रिक गरे।
- एस्टन भिल्लाले सुरुमा अग्रता लिए पनि चेल्सीले पुनरागमन गर्दै जित हासिल गर्यो।
- जितसँगै चेल्सीको २९ खेलबाट ४८ अंक पुगेको छ।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार भएको खेलमा चेल्सीले एस्टन भिल्लामाथि ४–१ को फराकिलो जित दर्ता गरेको छ । एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेलमा चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै रोमाञ्चक जित हासिल गरेको हो ।
खेलमा सुरुवाती अग्रता भने एस्टन भिल्लाले लिएको थियो । खेलको दोस्रो मिनेटमै डगलस लुइजले गोल गर्दै भिल्लालाई १–० को अग्रता दिलाएका थिए । तर, त्यसपछि चेल्सीले खेलमा पूर्ण पकड जमाउँदै लगातार चार गोल गर्यो । चेल्सीको जितमा जोआओ पेड्रो नायक बने । उनले खेलको ३५ औँ, पहिलो हाफको थप गरिएको समय र ६४ औँ मिनेटमा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरे । यस्तै, चेल्सीका लागि कोल पाल्मरले खेलको ५५ औँ मिनेटमा एक गोल थपेका थिए ।
यो जितसँगै चेल्सीको २९ खेलबाट ४८ अंक पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
-
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण