शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मध्यपूर्वका मित्र देशलाई ड्रोन आक्रमण प्रतिरोधमा सहयोग गर्ने जेलेन्स्कीको प्रस्ताव

बिहीबार, २१ फागुन २०८२, ०८ : २३
बिहीबार, २१ फागुन २०८२

सारांश

  • युक्रेनका राष्ट्रपति जेलेन्स्कीले इरानी ड्रोन आक्रमणविरुद्ध मध्यपूर्वका देशहरूसँग सहयोगको योजना बनाएका छन्।
  • उनले युएई, कतार, जोर्डन र बहराइनका नेताहरूसँग यस विषयमा छलफल गरेका थिए।
  • जेलेन्स्कीले युक्रेनको रक्षा कमजोर नपर्ने गरी सहयोगका विकल्प तयार गर्न निर्देशन दिएका छन्।

किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले इरानी ड्रोन र क्षेप्यास्त्रबाट हुने आक्रमणविरुद्ध मध्यपूर्वका मित्र देशहरूलाई सहयोग गर्न युक्रेनले योजना बनाइरहेको बताएका छन् । 

यस मामिलामा बुधबार युएई र कतारका समकक्षी र बिहीबार जोर्डन र बहराइनका नेतासँग कुराकानी गरेको उनले बताए ।

मध्यपूर्वको द्वन्द्वबारे मन्त्री र सैन्य कमान्डरसँग छलफलपछि उनले युक्रेनको आफ्नै रक्षा कमजोर नपर्ने गरी सहयोग गर्ने विकल्प तयार गर्न निर्देशन दिएका छन् । सामाजिक सञ्जाल एक्समा जेलेन्स्कीले लेखेका छन्, ‘युक्रेनले जीवन जोगाउन र अवस्था स्थिर बनाउन सहयोग गर्न सक्छ,’

अझ अगाडि उनले थपे, ‘हाम्रा सैन्यसँग आवश्यक क्षमता छ । युक्रेनी विज्ञहरू स्थलमै काम गर्नेछन्, र टोलीहरू पहिले नै समन्वयमा छन् । हामी जीवन जोगाउन, नागरिकको सुरक्षा गर्न र क्षेत्रमा स्थिरता ल्याउन तथा सुरक्षित आवागमन पुनर्स्थापना गर्न सघाउन तयार छौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप