गगन थापाले भने– मधेसको अनुभवले मेरो राजनीति पूर्ण बनायो
सारांश
- गगन थापाले काठमाडौँको मैतीदेवी मन्दिरबाट मतदान गरे।
- सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले मधेसको बसाइले राजनीतिक दृष्टिकोण फराकिलो बनाएको बताए।
- उनले मधेसको अनुभवले आफूलाई राष्ट्रिय नेताको रूपमा पूर्ण बनाएको दाबी गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।
यसपटकको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले बिहीबार काठमाडौँमा मतदान गरेलगत्तै सञ्चारकर्मीहरूसँग बोल्दै मधेसको बसाइले आफ्नो राजनीतिक दृष्टिकोणलाई फराकिलो र परिपक्व बनाएको प्रतिक्रिया दिए ।
काठमाडौँमा बसेर लामो समय राजनीति गर्दा देशको बारेमा आफूले केही प्रतिशत मात्र बुझेको महसुस मधेस पुगेपछि भएको उनले बताए । चुनावी अभियानका क्रममा पछिल्लो १०–१२ दिन मधेसमा बिताउँदा त्यहाँको समाज, विविधता र संरचनालाई नजिकबाट बुझ्ने अवसर पाएको उनले उल्लेख गरे ।
'काठमाडौँबाट यत्रो वर्ष राजनीति गर्दै गर्दा मलाई देशको बारेमा जति ज्ञान र जानकारी थियो, त्यो त केही प्रतिशत मात्र रहेछ,' थापाले सञ्चारकर्मीहरूसँग भने, 'त्यहाँ भित्रको समाजको विविधता, संरचना लगायत धेरै कुरा मैले अहिले बुझेर त्यसको प्रतिनिधित्व गर्ने अवसर पाएको छु । यसले मैले राष्ट्रिय राजनीतिमा निर्वाह गर्ने भूमिका अझै बढी परिपक्व हुन्छ ।'
थापाले मधेसको अनुभवले आफूलाई राष्ट्रिय नेताको रूपमा पूर्ण बनाएको दाबी गरे । मधेस नगएको भए आफ्नो राजनीतिक बुझाइ अधुरै रहने उनको भनाइ थियो ।
'मलाई पहाडको अनुभव छ, काठमाडौँको यत्रो वर्षको अनुभव छ, तर मधेसको अनुभव गर्ने कुराले गर्दा म पूर्ण हुन्छु,' थापाले भने, 'मधेस नगएको भए आजको दिनमा मैले जति कुरा बुझेको छु, त्यो मेरो राजनीतिको आधा अंश पनि हुने थिएन ।'
आफूले प्रतिनिधित्व गर्ने अवसर पाएमा नीति निर्माण र निर्णय प्रक्रियामा सबै क्षेत्रलाई समान दृष्टिकोणका साथ हेर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । बिहीबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालवाहक ट्रकबाट १ लाख २० हजार प्रतिबन्धित औषधि ट्रामाडोल बरामद
-
सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन
-
समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गर्दै बागमती प्रदेश सरकार
-
रास्वपा प्रथम महाधिवेशन : अझै सुरु भएन प्रतिनिधि परिचयपत्र वितरण
-
रौतहटमा लापसे गरी सवारी चलाउने ३ चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण