टर्कीतर्फ मिसाइल प्रहार गरेको आरोपको इरानद्वारा अस्वीकार
बिहीबार, २१ फागुन २०८२, १३ : ०८
सारांश
- इरानले टर्कीतर्फ मिसाइल प्रहार नगरेको दाबी गरेको छ, टर्कीले भने इरानबाट आएको मिसाइल खसालेको बताएको छ।
- इरानले टर्कीको सार्वभौमिकता र मित्रतापूर्ण सम्बन्धलाई सम्मान गर्ने बताएको छ।
- टर्कीका अनुसार मिसाइल इराक र सिरियाको हवाई क्षेत्र हुँदै टर्कीतर्फ आएको थियो र हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै नष्ट गरियो।
तेहरान । इरानको सेनाले टर्कीतर्फ कुनै मिसाइल प्रहार नगरेको दाबी गरेको छ । टर्कीले बुधबार इरानबाट प्रक्षेपित भएको भनिएको मिसाइललाई नाटोको हवाई प्रतिरक्षा प्रणालीले खसालेको बताएपछि इरानले यस्तो प्रतिक्रिया दिएको हो ।
इरानको सरकारी निकट समाचार एजेन्सी फार्सका अनुसार इरानी सशस्त्र बलको मुख्यालयले वक्तव्य जारी गर्दै टर्कीको सार्वभौमिकता र मित्रतापूर्ण सम्बन्धलाई सम्मान गर्ने भन्दै टर्कीको भूभागतर्फ मिसाइल प्रहार नगरेको जनाएको छ ।
टर्कीका अधिकारीहरूले भने उक्त मिसाइल इरानबाट प्रक्षेपण भई इराक र सिरियाको हवाई क्षेत्र हुँदै टर्कीतर्फ अघि बढेको र टर्कीको हवाई क्षेत्रमा प्रवेश गर्नु अघि नै नष्ट गरिएको बताएका थिए ।
मध्यपूर्वमा पछिल्लो साता सुरु भएको द्वन्द्वपछि नाटो बलले इरानबाट सदस्य देशतर्फ गइरहेको मिसाइल अवरोध गरेको सम्भवतः यो पहिलो घटना मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण