निर्वाचनका दिन ओलीले सम्झिए दुई संयोग
सारांश
- केपी शर्मा ओलीले निर्वाचनको दिन आफ्नो जीवनका दुई महत्वपूर्ण संयोग स्मरण गरे।
- उनले सुखानी शहीद दिवस र मिर्गौला प्रत्यारोपणको दिन आफूले पुनर्जीवन पाएको बताए।
- ओलीले झापा आन्दोलन र सुखानी घटनाको स्मरण गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनका दिन आफ्नो जीवनका दुई महत्वपूर्ण संयोग स्मरण गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आज सुखानी शहीद दिवस परेको उल्लेख गर्दै यही दिन ६ वर्षअघि आफूले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेको बताएका छन् । यी दुवै दिन आफू मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएको दिन भएको उनले उल्लेख गरेका छन् ।
ओलीले झापा आन्दोलनले निरंकुश व्यवस्थाविरुद्ध विद्रोहको बिगुल फुकेको स्मरण गर्दै त्यसक्रममा आफूहरू जेल परेको बताएका छन् । जेल सार्ने बहानामा सुखानीको जंगलमा लगेर रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको हत्या गरिएको उनले स्मरण गरेका छन् ।
जेल सार्ने बहानामा हत्या गरिन लाग्दा आफू मृत्युको मुखबाट फर्किएको र १४ वर्ष कठोर कारावास भोगेको पनि उनले उल्लेख गरेका छन् ।
देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरूप्रति उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले फागुन २१ कहिल्यै नबिर्सने दिन भएको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
-
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण