चितवनमा अहिलेसम्म ४५ प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, १४ : ४१
चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा हालसम्म ४५ प्रतिशत मतदान भएको छ । बिहान ७ बजेबाट जारी मतदान कार्यक्रम शान्पिूर्ण रुपमा सञ्चालन भइरहेको चितवनका मुख्य निर्वाचन अधिकृत केदार नाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार हाल चितवन–१ मा ४३ प्रतिशत, चितवन–२ मा ४५ र चितवन–३ मा ४५ प्रतिशत मतदान भइसकेको छ ।
चितवन–१ मा कुल मतदाता एक लाख ४९ हजार ६२१ जना छन्, जसमा महिला मतदाता ७५ हजार ८६० जना र पुरुष मतदाता ७३ हजार ७६१ जना छन् ।
चितवन–२ मा कुल मतदाता एक लाख ३७ हजार १५२ छन्, जहाँ महिला ६९ हजार २९४ जना र पुरुष मतदाता ६७ हजार ८५७ जना छन् ।
चितवन–३ मा कुल एक लाख ५५ हजार ३०९ जना मतदातामध्ये महिला ७९ हजार ६१२ र पुरुष मतदाता ७५ हजार ६९६ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
-
हालान्डको गोलसँगै नर्वेको अग्रता दोब्बर
-
१००औँ अन्तर्राष्ट्रिय खेलमा चम्किए एम्बाप्पे, फ्रान्स नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण