मनाङमा ४० प्रतिशतमात्रै मत खसेको प्रारम्भिक तथ्यांक
सारांश
- मनाङमा ४० प्रतिशत हाराहारी मात्रै मत खसेको प्रारम्भिक विवरण आएको छ।
- जम्मा २ हजार ८ सय ४० मत खसेको छ, जुन कुल मतदाताको ४०.५७ प्रतिशत हो।
- चिसोको कारण स्थानीय जाडो छल्न जिल्ला बाहिर गएकाले कम मत खसेको हो।
पोखरा । ७ हजार मतदाता रहेको मनाङमा ४० प्रतिशत हाराहारी मात्रै मत खसेको प्रारम्भिक विवरण आएको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार ४० प्रतिशत भन्दा केही बढी मात्रै मत खसेको हो ।
‘तथ्यांक पूरा आउँदैछ । तर प्रारम्भिक विवरण अनुसार ४० प्रतिशत भन्दा केही बढी मात्रै मत खसेको छ,’ उनले रातोपाटीसँग भने । कार्यालयले अनुसार १ हजार ३ सय १७ महिला र १ हजार ४ सय ३३ पुरुष गरी २ हजार ८ सय ४० मत खसेको जानकारी दिएको छ ।
यो हिसाब गर्दा जम्मा मतदाताको ४०.५७ प्रतिशत मात्रै हुन आउँछ । विगतमा पनि मनाङको मतदान खासै उत्साहजनक हुने गरेको थिएन । अहिले चिसोले स्थानीय जाडो छल्न जिल्ला बाहिर भएकोले झनै कम मत खसेको हो ।
मतदान सकिएसँगै मतपेटिका संकलन सुरु भइसकेको छ । तल्लो र सुगम क्षेत्रका मतपेटिका आजै सदरमुकाम आइपुग्ने र नार्पाभूमिका मतपेटिका शुक्रबार मात्रै ल्याइने पौडेलले बताए । नार्पाभूमिका नार र फू दुबै गाउँको मतपेटिका हेलिकोप्टरबाट ल्याउने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
-
सेनेगलले फर्कायो एक गोल, नर्वे अग्रता कायमै
-
हालान्डको गोलसँगै नर्वेको अग्रता दोब्बर
-
१००औँ अन्तर्राष्ट्रिय खेलमा चम्किए एम्बाप्पे, फ्रान्स नकआउट चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण