रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै
सारांश
- रुकुमपूर्वका तीन मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइयो।
- दुर्गम स्थानका कारण मतपेटिका संकलन गर्न निर्वाचन आयोगले हेलिकप्टर प्रयोग गर्यो।
- जिल्लाभरका ५६ वटै मतदान केन्द्रका मतपेटिका संकलन गरी मतगणनाको तयारी छ।
रुकुमपूर्व । रुकुमपूर्वको भौगोलिक विकटताका कारण सडक सञ्जालको पहुँचभन्दा टाढा रहेका तीन वटा मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी निर्वाचन अधिकृतको कार्यालय ल्याइएको छ। पैदल यात्रा गर्दा सदरमुकाम पुग्न झन्डै एक दिन लाग्ने भएपछि निर्वाचन आयोगले सिस्ने गाउँपालिका–१ को पाखापानी मतदान केन्द्रसहित पुथा उत्तरगङ्गा गाउँपालिका–२ का पेल्मास्थित हिमाल आधारभूत विद्यालय र हार्दिबाङ मतदान केन्द्रका मतपेटिकालाई हवाई मार्गबाट जिल्ला सदरमुकाम रुकुमकोट पुर्याएको हो।
जिल्लाका अन्य सुगम स्थानमा रहेका मतदान केन्द्रहरूबाट पनि मतपेटिका ल्याउने कार्य तीव्र रूपमा भइरहेको छ। सहायक निर्वाचन अधिकृत एवं सूचना अधिकारी ईश्वरीप्रसाद सुवेदीका अनुसार मध्यरातसम्म जिल्लाभरका सबै ५६ वटै मतदान केन्द्रका मतपेटिका संकलन भइसक्ने लक्ष्य राखिएको छ। मतपेटिका संकलन भइसकेपछि शुक्रबार बिहान सर्वदलीय बैठक आह्वान गरी मतगणना प्रक्रियालाई अगाडि बढाउने तयारी निर्वाचन कार्यालयले गरेको छ।
कुल ३४ हजार ७७२ मतदाता रहेको रुकुमपूर्वका कतिपय क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद रहेका कारण जिल्लाभर खसेको मतको अन्तिम तथ्यांक आउन अझै केही समय लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस पटक रुकुमपूर्वको चुनावी प्रतिस्पर्धा निकै रोचक देखिएको छ, जहाँ नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित ११ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
-
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण