म्याग्दीमा नेकपाको सुरुवाती अग्रता, महावीर पुन पछि परे
शुक्रबार, २२ फागुन २०८२, १० : ०७
सारांश
- म्याग्दीमा मतगणना सुरु भएको छ, जसमा नेकपाले अग्रता लिएको छ।
- धवलागिरी गाउँपालिका-१ बाट सुरु भएको गणनामा नेकपाका अर्जुन थापाले अग्रता लिए।
- स्वतन्त्र उम्मेदवार महावीर पुन दोस्रो स्थानमा छन् भने नेपाली काँग्रेस र एमालेका उम्मेदवारले कम मत ल्याए।
पोखरा । म्याग्दीको मतगणना सुरु भएको छ । धवलागिरी गाउँपालिका-१ बाट सुरु भएको गणना अनुसार प्रारम्भिक चरणमा नेपाली कम्युनिष्ट पार्टीले अग्रता लिएको हो ।
नेकपाका अर्जुन थापाले २ सय १ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार महावीर पुन ६१ मत सहित दोस्रो स्थानमा छन् । यहाँ नेपाली काँग्रेसका केवि भण्डारीले ३७ र नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत ल्याएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण