मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

डडेल्धुरामा मतगणना बिहान ११ बजेदेखि सुरु हुने

शुक्रबार, २२ फागुन २०८२, १० : २०
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना बिहान ११ बजेदेखि सुरु हुने भएको छ।
  • मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो।
  • बैठकमा मतगणना प्रक्रिया, व्यवस्थापन र सुरक्षाबारे छलफल भएको थियो।

डडेल्धुरा । डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो।

बैठकमा मतगणना प्रक्रिया, व्यवस्थापन तथा सुरक्षाका विषयमा छलफल गर्दै बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरिएको मुख्य निर्वाचन अधिकृत अरुण कुमार कोइरालाले जानकारी दिए।

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत भवनमा गरिने जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप