सल्यानमा प्रचण्डका पूर्व स्वकीयको सुरुवाती अग्रता, घण्टीले उछिन्यो सुर्य र रुखलाई
शुक्रबार, २२ फागुन २०८२, १४ : ०४
सारांश
- सल्यानमा नेकपाका रमेश मल्लले सुरुवाती अग्रता लिएका छन्।
- राष्ट्रिय स्वतन्त्र पार्टीले नेकपा एमाले र नेपाली कांग्रेसलाई उछिन्यो।
- कुमाखमा ८१२ मत गणना हुँदा मल्लले २५९ मत प्राप्त गरे।
सुर्खेत । सल्यानमा पनि पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का रमेश मल्लले सुरुवाती अग्रता बनाएका छन्।
सुरुमा कुमाखबाट मतगणना भइरहेको छ । ८१२ मत गणना गर्दा मल्ले २५९ मत प्राप्त गरे । उनी प्रचण्डका पूर्व स्वकीय हुन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा एमाले र नेपाली कांग्रेसलाई उछिनेको छ । रास्वपाका ललित चन्दले दोस्रो नम्बरमा २२३ मत पाउँदा कांग्रेसका केशबहादुर विष्टले १६१ मत पाएका छन्।
एमालेका गुलाबजंग शाहले १२३ मत पाएका छन् । ३६ मत बदर भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण