कतारी नौसेना बहराइनमा सुरक्षित
काठमाडाैँ । कतारले बहराइनमा इरानी आक्रमण भए पनि कतारी नौसेना सदस्यहरू सुरक्षित रहेको जनाएको छ । कतारले यस घटनाको कडा निन्दा पनि गरेको छ ।
कतारको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, “कतारले बहराइनका विभिन्न भवनहरूलाई लक्षित गर्दै गरिएको इरानी आक्रमणको कडा निन्दा गर्दछ । ती भवनहरूमा गल्फ सहयोग परिषदको एकीकृत सैन्य कमान्ड अन्तर्गत समुद्री सञ्चालन केन्द्रमा कार्यरत कतारी नौसेना सदस्यहरू थिए ।”
विज्ञप्तिमा थप भनिएको छ, “लक्षित भवनमा रहेका सबै नौसेना सदस्य सुरक्षित छन् र उहाँहरूमा कुनै चोटपटक पुगेको छैन ।”
बहराइनले बिहानै जानकारी दिँदै इरानले राजधानी मनामा एउटा होटल र दुई आवासीय भवनमा हमला गरेको भनेको थियो । यसअघि उनीहरूले दुई होटल र एउटा आवासीय भवन आक्रमित भएको बताएका थिए, तर पछि तथ्य मिलाइएको थियो ।
उक्त हमला त्यतिबेला भएको हो, जब इरानले बहराइनको मुख्य सरकारी तेल प्रशोधन कारखानामा मिसाइल आक्रमण गरी आगो लगाएको थियो । सुरक्षा निकायले आगो नियन्त्रणमा ल्याएको र मानवीय क्षति नभएको जनाएको छ ।
गत शनिबारदेखि इरानले गल्फ क्षेत्रमा आक्रमण सुरु गरेपछि कम्तीमा १३ जनाको मृत्यु भएको छ, जसमा सात जना सामान्य नागरिक छन् । अमेरिकाले पनि छ जना सैनिकको मृत्यु भएको जनाएको छ, जसमा चार जना कुवेतमा थिए ।
कतारले यस आक्रमणलाई अस्वीकार्य ठहराउँदै अन्तर्राष्ट्रिय कानुन र मानवीय मूल्यको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ । कतारको भनाइ अनुसार, आफ्नो नौसेनालाई लक्षित गर्दै गरिएको कुनै पनि हिंसात्मक कदमले क्षेत्रीय स्थिरतालाई जोखिममा पार्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण