सिन्धुली–१ मा एमालेले अग्रता कायम
शुक्रबार, २२ फागुन २०८२, २३ : २६
सारांश
- सिन्धुली क्षेत्र नम्बर-१ मा एमालेका उम्मेदवार प्रदिप कटुवालले अग्रता लिएका छन्।
- कटुवालले हालसम्मको गणनामा ४ हजार ७०३ मत प्राप्त गरेका छन्।
- कांग्रेसका उज्जल बरालले ३ हजार ८६३ मत प्राप्त गरेका छन्।
सिन्धुली । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नम्बर–१ मा एमालेले अग्रता कायम राखेको छ । हालसम्म गणना गरिएको मत गणनामा एमालेका उम्मेदवार प्रदिप कटुवालले ८४० मतको अग्रता निकालेका हुन् ।
कटुवालले ४ हजार ७०३ मत ल्याउँदा कांग्रेसका उज्जल बरालले ३ हजार ८६३ मत पाएका छन् । रास्वपाका धनेन्द्रजंग कार्की ३ हजार ४८ मत सहित तेस्रो स्थानमा रहेका छन् भने नेकपा उम्मेदवार डेकेन्द्र सुवेदीले १ हजार ३४९ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण