मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित
सारांश
- मोरङ क्षेत्र नम्बर ४ मा रास्वपाका सन्तोष राजवंशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
- राजवंशीले ४० हजार ८३३ मत प्राप्त गर्दा कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत मात्र ल्याए।
- रास्वपाको बढ्दो प्रभावका रूपमा हेरिएको यस जितमा अन्य दलका उम्मेदवारले कम मत पाए।
विराटनगर । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशी फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार सम्पन्न निर्वाचनको शुक्रबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार राजवंशीले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ठूलो अन्तरले पछाडि पार्दै जित दर्ता गरेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार राजवंशीले ४० हजार ८३३ मत प्राप्त गरे। उनले चुनावी मैदानमा रहेका पुराना र स्थापित दलका नेताहरूलाई निकै सहजै पाखा लगाए। यो क्षेत्रमा राजवंशीको जितलाई रास्वपाको बढ्दो प्रभावका रूपमा हेरिएको छ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत मात्र प्राप्त गर्न सके। घिमिरे र राजवंशीबीचको मतान्तर झण्डै २८ हजार रहेको छ। यस्तै, चुनावी मैदानमा रहेका अन्य उम्मेदवारहरूले पनि उल्लेख्य मत पाउन सकेनन्। नेपाली कम्युनिष्ट पार्टीका अमनलाल मोदी १० हजार ७६२ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन् भने नेकपा एमालेका जीवन घिमिरेले ६ हजार ९३३ मत मात्र प्राप्त गरे।
कुल एक लाख १९ हजार २५५ मतदाता रहेको यस क्षेत्रमा ८० हजार ०८४ मत खसेको थियो। निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण