सिन्धुलीमा नेकपाका दाहालको करिब दोब्बर मतको अग्रता
शनिबार, २३ फागुन २०८२, ०६ : ३२
सिन्धुली । सिन्धुली क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार लेखनाथ दाहाल (राजन)लाई करिब दोब्बर मतको अग्रता प्राप्त भएको छ । बिहीबार सम्पन्न निर्वाचनको हालसम्म गणना भएको सिन्धुली–२ को मतमध्ये दाहालले ११ हजार बढी मत पाएका हुन् ।
दाहालले हाल ४ हजार ७५५ मतको अग्रता कायम गरेका छन् । हालसम्म सिन्धुली–२ तर्फको मरिण, सुनकोशी, घ्याङलेख गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको वडाको मतगणना गर्दा दाहाललाई ११ हजार ५७२ मत प्राप्त भएको छ भने उनलाई रास्वपाका आशिष गजुरेल ६ हजार ७८७ मतसहित पछ्याइ रहेका छन् ।
एमाले उम्मेदवार मनोजजंग थापाले ६ हजार ४८१ मत ल्याउँदा कांग्रेसकी सुशीला थिङले ४ हजार ५४२ मत पाएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण