जुम्लामा राप्रपाका शाहीको अग्रता कायमै
जुम्ला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतसहित अग्रता कायम राखेका छन्।
यहाँको कनकासुन्दरी, सिंजा, हिमा, तिला र तातोपानी गाउँपालिका गरी पाँच वटा स्थानीय तहसहित चन्दननाथ नगरपालिका १ र २ वडाको जारी मतगणनाको पछिल्लो परिणामअनुसार राप्रपाका शाहीले १० हजार ९९२ मत प्राप्त गरी अग्रता कायमै राखेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए ।
शाहीका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ७ हजार १५ मत पाएका छन् भने नेकपा (एमाले)का शान्तिलाल महतले ३ हजार ३५५ र नेपाली कांग्रेसका दीपबहादुर शाहीले ४ हजार ३५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले बताए ।
यसैगरी, रास्वपाका विनिता कठायतले २९६ मत, प्रलोपाका मनऋषि धितालले ८९, नेमकिपाका वृषबहादुर रावतले २९३, नेपाल जनता पार्टीका उम्मेदवार रनिलविक्रम शाहीले २८, नेकपा माओवादीका उम्मेदवार वृष शाहीले ५६ र स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलले १२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कूल खसेको मतमध्ये हालसम्म २४ हजार ७७७ मतगणना भइसकेको जनाएको छ ।
जिल्लामा कूल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको छ । जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलको भनाइ छ ।
समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ । जिल्लामा कूल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण