सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अन्तिम परिणाम

रुपन्देही–२ मा विष्णुलाई हराउँदै रास्वपाका सुलभ निर्वाचित

शनिबार, २३ फागुन २०८२, ११ : ०४
शनिबार, २३ फागुन २०८२

काठमाडौँ । रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल निर्वाचित भएका छन् । खरेल ५६ हजार ५ सय ५० मत ल्याएर निर्वाचित भएका हुन् । 

खरेलका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८ सय ६१ मत मात्र ल्याएका छन् । 

त्यस्तै नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३ सय ९२ मत ल्याएका छन् । यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले नौ हजार ७५७ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शैलेसकुमार सिंहले नौ हजार २६३ मत प्राप्त गरेका छन् ।

रुपन्देही २ मा नेकपा माओवादी (विप्लव) का भरत मल्लले ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विश्वप्रकाश जेठाराले ४०५,  नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप