‘कायरा’ को नयाँ गीत : ‘यो त माया हो’
काठमाडौं – १८ साउनबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘कायरा’को ‘यो त माया हो...’ बोलको अर्काे रोमान्टिक गीत रिलिज भएको छ । सुगम पोखरेल र श्रेया सोताङको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द तथा कल्याण सिंहको संगीत छ ।
फिलिपिन्स र नेपालमा खिचिएका दृश्यले भरिएको यो गीतमा आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय देख्न सकिन्छ । गीतमा आर्यन र साम्राज्ञीको केमेस्ट्री सुहाउँदो देखिएको छ ।
‘कायरा’ आर्यन र साम्राज्ञीले एकसाथ अभिनय गरेको पहिलो चलचित्र हो । अधिकाम्स छायाँकन फिलिपिन्समा गरिएको चलचित्रका निर्देशक लक्ष्मण रिजाल हुन् ।
आर्यनको होम प्रोडक्सनबाट निर्मित चलचित्रमा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । कोशिश क्षेत्री, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको ‘कायरा’का गीतमा प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।
आर्यन सिग्देलकै कथा, बनिष शाह र मिलन श्रेष्ठले सम्पादन रहेको चलचित्रको राजकुमार भट्ट कार्यकारी निर्माता र दिनेश थापा र दिवस पराजुली सह–निर्मातामा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण