रामेछापमा त्रिपक्षीय प्रतिस्पर्धा, कसको कति मत ?
शनिबार, २३ फागुन २०८२, १४ : २८
सारांश
- रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकीले अग्रता लिएका छन्।
- नेपाली कम्युनिस्ट पार्टीका श्याम कुमार श्रेष्ठ दोस्रो स्थानमा छन्।
- नेपाली कांग्रेसका रामचन्द्र खड्का तेस्रो स्थानमा छन्।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
प्रारम्भिक मतगणना अनुसार रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णहरि बुढाथोकीले ३ हजार ५४४ मतका साथ अग्रता लिएका छन् ।
यहाँ दोस्रो स्थानमा नेपाली कम्युनिस्ट पार्टीका श्याम कुमार श्रेष्ठ छन् । उनले अहिलेसम्म ३ हजार २२३ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका रामचन्द्र खड्का ३ हजार २११ मतसहित तेस्रो स्थानमा छन् ।
उज्यालो नेपाल पार्टीका दिपबहादुर योञ्जन भने २ हजार २७१ मत सहित चौथो स्थानमा छन् । नेकपा एमालेका माधव प्रसाद ढुंगेल दुई हजार ५० मतसहित पाँचौँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा चोरी भएको ३० मिनेट भित्रै मोटरसाइकलसहित २ जना पक्राउ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आन्तरिक स्रोतमा कर्णालीको ‘कन्तबिजोग’: आम्दानीमा उल्लेख्य सुधार नआउँदा घटाइयो लक्ष्य
-
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
-
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
-
कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण