जाजरकोटमा शक्ति बस्नेत पराजित, कांग्रेसका बुढा विजयी
सारांश
- जाजरकोटमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन्।
- नेपाली कांग्रेसका खड्कबहादुर बुढाले बस्नेतलाई पराजित गरेका हुन्।
- मतपरिणाम घोषणा हुन बाँकी छ।
जाजरकोट । जाजरकोटमा पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार रहेका बस्नेतलाई नेपाली कांग्रेसका खड्गबहादुर बुढाले २ हजार ७३५ मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचित बुढाले २० हजार १४२ मत ल्याएका छन् । बस्नेतले १७ हजार ४०७ मत ल्याए । त्यस्तै, नेकपा एमालेका डम्बरबहादुर सिंहले १६ हजार ८८३ मत पाए । रास्वपाले राघव कार्कीले २ हजार ४७१ मत पाए ।
निर्वाचित भएका कांग्रेसका बुढा ०७४ मा शिवालय गाउँपालिका अध्यक्ष पदको चुनावमा पराजित भएका थिए ।
यद्यपि, उनी जिल्लामा युवाहरूबिच परिचित युवा नेता हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी पार्टीको जिल्ला उपसभापति तथा कार्यवाहक सभापति छन् ।
बुढा पश्चिम क्षेत्रका उम्मेदवार हुन् । उनी बाहेक सबैजसो उम्मेदवारहरू पूर्वी जाजरकोटबाट थिए । ०५६ सालयता पश्चिम क्षेत्रबाट उम्मेदवार पाएको थिएन । जसका कारण उनले सहानुभूतिको मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण