भोजपुरमा शेरधन राई १ हजारभन्दा बढी मतले पछि परे
शनिबार, २३ फागुन २०८२, १६ : ००
विराटनगर । प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा भोजपुरबाट उम्मेदवार बनेका एमालेका सचिव शेरधन राई १ हजार मतले पछि परेका छन् ।
उनलाई श्रम संस्कृति पार्टीका ध्रुवराज राईले पछि पारेका हुन् । ध्रुवले हालसम्म ६ हजार ९८५ मत ल्याउँदा सचिव शेरधन राईले ५ हजार ९१४ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेका काँग्रेसका बालकृष्ण थापाले ३ हजार १९०, नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङले ३ हजार ४९ मत र रास्वपाका रमेश ओझाले २ हजार ३०९ मत प्राप्त गरेका छन् ।
हालसम्म भोजपुरको अरुण, आमचोक, टेम्केमैयुङ, पौवादुम्मा गाउँपालिकाको र भोजपुर नगरपालिकाको वडा नम्बर १, २ र ३ को मत गणना सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण