बालेनसँग झन्डै ५० हजार मतान्तरले ओली पराजित
सारांश
- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन शाहसँग पराजित भए।
- बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचन जिते, भने ओली १८ हजार ७३४ मतमा सीमित रहे।
- यसअघि काठमाडौँ महानगरपालिकाको मेयर रहेका बालेन पहिलो पटक संसदीय निर्वाचनमा विजयी भए।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ मा विशाल मतान्तरले पराजित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र (बालेन) शाहसँग ओली पराजित भएका हुन् । बालेन ६८ हजार ३४८ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी ओली १८ हजार ७३४ मतमा सीमित भए । बालेनले ओलीलाई ४९ हजार ६१४ मतले पराजित गरेका हुन् ।
श्रम संस्कृति पार्टीका समिर तामाङ तेस्रो स्थानमा रहे भने नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् । समिरले ९ हजार २३३ मत प्राप्त गर्दा मंधराले १ हजार ८२१ मत गरिन् ।
झापा–५ बाट ओली पटक–पटक निर्वाचित हुँदै आएका थिए भने बालेन पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन् । बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचन प्रचारप्रसार गरेको थियो । यसअघि काठमाडौँ महानगरपालिकाको मेयर रहेका बालेन प्रतिनिधि सभा निर्वाचन घोषणा भएपछि राजीनामा दिएर संसदीय यात्राको तयारीमा जुटेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण