सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सिराहा–३ मा रास्वपाका शम्भुकुमार यादव विजयी

आइतबार, २४ फागुन २०८२, १० : २५
आइतबार, २४ फागुन २०८२

सिराहा । सिराहा प्रतिनिधिसभा निर्वाचन २०८२ मा सिराहा क्षेत्र नम्बर तीनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शम्भुकुमार यादव विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार ३२ हजार २४९ मत प्राप्त गर्दै यादव विजयी भएका हुन्। 

निकटतम प्रतिस्पर्धी एमालेका लीलानाथ श्रेष्ठले १० हजार १५६ पाउँदा नेकपाका विश्वनाथ साहले ९ हजार ९४२ र काँग्रेसका शुभाषचन्द्र यादवले ९ हजार ८७९ मत प्राप्त गरेको सिराहा जिल्लाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले जानकारी दिए। 

कुल  १ लाख १९ हजार २५० मतदाता रहेकोमा ७६ हजार ४३० मतदान भएको थियो। यसक्षेत्रबाट १२ दलसहित ४१ जनाले उम्मेदवारी दिएका थिए। चार निर्वाचन क्षेत्र रहेको सिराहामा सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप