प्रतिनिधिसभा निर्वाचन
मुगुमा कांग्रेसका शाही विजयी
आइतबार, २४ फागुन २०८२, १४ : २४
सारांश
- प्रतिनिधिसभा निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका खड्ग शाही विजयी भए।
- उनले नेकपा एमालेका पूर्णबहादुर रोकायालाई पराजित गरे।
- शाहीले ७ हजार ९१४ मत प्राप्त गरे भने रोकायाले ६ हजार ७१८ मत पाए।
काठमाडौँ । गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग शाही निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई पराजित गरेका हुन् ।
शाहीले ७ हजार ९१४ मत प्राप्त गरी निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार रोकायाले ६ हजार ७१८ मत प्राप्त गरे ।
नेपाली कम्युनिस्ट पार्टीका चन्द्र बहादुर शाहीले ५ हजार ५५८ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३०, नेकपा माओवादीका रंगविर परियारले २८०, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलबहादुर मल्लले २०३, र प्रगतिशील लोकतान्त्रिक पार्टीका ऐटन कुमार मल्लले २२ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण