मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
चुनावी नतिजा

यी हुन् नेकपाले जितेका ७ सिट

आइतबार, २४ फागुन २०८२, १५ : १९
आइतबार, २४ फागुन २०८२

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ जम्मा ७ सिट जितेको छ । नेकपाले रोल्पा, सल्यान, सिन्धुपाल्चोक–२, कालीकोट, रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पामा विजय हासिल गरेको हो । 

पार्टीका संयोजक प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतका साथ विजयी भए । यस्तै नेता वर्षमान पुन रोल्पाबाट २७ हजार ४६०, सल्यानबाट रमेश कुमार मल्ल २३ हजार १८९ मतका साथ विजयी हुँदा सिन्धुपाल्चोक २ बाट युवराज दुलालले २१ हजार ६९९ मत प्राप्त गरे । 

यसैगरी रुकुम पश्चिममा गोपाल शर्मा २१ हजार ६०९ मतका साथ विजयी हुँदा कालीकोटबाट महेन्द्र बहादुर शाही ११ हजार ७३९ मतका साथ विजयी भए । यस्तै डोल्पाबाट धनबहादुर बुढा ६ हजार ८०२ मतका साथ विजयी भए । अब नेकपाको कुनै पनि क्षेत्रमा अग्रता छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप