‘सिंहदरबार–२’ को ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं । बहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरबार–२’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टीमले टेलिश्रृंखलाको ट्रेलर सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा गौरी मल्ल, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, रेम बिक, हेमन्त चालिसे, बादल भट्ट, प्रकाश घिमिरे, देशभक्त खनाल, आलोक थापा, प्रभात रिमाल, सबिना गोपाली, कृष्ण शिवाकोटी लगायतका कलाकार देखिएका छन् ।
पहिलो सिजनको सफलतापछि निर्माण गरिएको टेलिश्रृंखला सिंहदरबारको दोस्रो सिजनको निर्देशन नवीन सुब्बाले गरेका छन् ।
समसामयिक राजनीतिक तथा सामाजिक विषयवस्तुमा केन्द्रित भएर निर्माण गरिएको सिंहदरबार–२ ले सहकार्यात्मक नेतृत्व र सुशासनको माध्यमबाट नेपालमा कानुनी शासनको सुदृढिकरणमा जोड दिएको छ ।
साउन १२ गते अर्थात भोलीदेखि राती ८ः५० देखी नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृंखला ‘सिंहदरबार–२’ १३ भागको छ ।
टेलिश्रृंखला अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (USAID) को आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्ड र शुभ मिडिया होमले उत्पादन गरेको हो ।
कार्यक्रममा बोल्दै निर्देशक नवीन सुब्बाले नेपाली कलाकारहरुको अभिनय क्षमता अब्बल रहेको प्रसंशा गर्दै त्यसलाई सदुपयोग गरेको बताए । साथै संघीयता, समावेशीकरणको मर्मलाई कलात्मक शैलीमा प्रस्तुत गर्नु आफुहरुको लागि चुनौती भएको खुलाए ।
यस्तै कार्यक्रममा अभिनेत्री गौरी मल्लले पहिलो सिजनको भन्दा यो सिजनमा आशा सिंहको राजनीतिक करिअरको साथमा पारिवारिक, सामाजिक, आर्थिक र उसको स्वास्थ्य लगायका कुराहरुमा आएको उतारचढावलाई हेर्न सकिने बताईन् ।
साथै उनले निर्देशक नवीन सुब्बाको प्रशंसा गर्दै काम गर्नको लागि सहज बनाई दिएकोमा धन्यवाद दिईन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण