बङ्गलादेशी विद्यार्थी नेता हादीको हत्यारा भारतबाट पक्राउ
नयाँ दिल्ली । भारतीय प्रहरीले बङ्गलादेशको ढाकामा एक लोकप्रिय विद्यार्थी नेताको हत्या गरेको आरोपमा दुई बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
सन् २०२४ मा बङ्गलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गर्ने जनविद्रोहमा भाग लिएका भारतका मुखर आलोचक सरिफ उस्मान हादीलाई गत वर्ष नकाबधारी आक्रमणकारीहरूले गोली हानेका थिए र पछि सिङ्गापुरको एक अस्पतालमा उनको मृत्यु भएको थियो ।
बङ्गलादेशी प्रहरीले हादीको हत्या गरी हत्यारा भागेर भारत पुगेको बताएका थिए तर भारतीय अधिकारीहरूले भारतमा हत्यारा नरहेको बताएका थिए ।
बङ्गलादेशसँग सीमा जोडिएको भारतको पश्चिम बङ्गाल राज्यको प्रहरीले आइतबार हिरासतमा रहेका दुई बङ्गलादेशी नागरिकसँग प्रारम्भिक सोधपुछ गर्दा हादीको हत्यामा उनीहरूको संलग्नता रहेको देखिएको बताएको छ।
भारतीय प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जोडी बङ्गलादेशबाट भागेर अवैध रूपमा भारत प्रवेश गरेका बिषयमा ‘गोप्य विश्वसनीय सूचना’ थियो । उनीहरू बङ्गलादेश फर्कने मनसायका साथ सीमा क्षेत्रमा शरण लिन खोजेका थिए ।”
हादीको मृत्युपछि बङ्गलादेशमा हिंसात्मक प्रदर्शन सुरु भएको थियो भने आक्रोशित भीडले भारतको पक्षमा मानिने दुई प्रमुख अखबारहरू र एक प्रमुख सांस्कृतिक संस्थासहित धेरै भवनहरूमा आगजनी गरेको थियो।
हसिनाले प्रजातन्त्र समर्थक विद्रोहबाट भागेर भारतमा शरण लिएपछि भारत र बङ्गलादेशबीचको सम्बन्ध थप चिसिएको थियो। भारतको विदेश मन्त्रालयले हादीको हत्यामा नयाँ दिल्लीको संलग्नताबारे ‘गलत कथन’ अस्वीकार गर्ने बताएको छ।
हसिनाको बहिर्गमनपछि गत फेब्रुअरीमा भएको पहिलो संसदीय निर्वाचनमा जित हासिल गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बङ्गलादेश नेसनलिस्ट पार्टीलाई बधाई दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण