कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की पराजित, सुनसरी–४ मा पनि घण्टी बज्यो
सारांश
- सুনसरी निर्वाचन क्षेत्र नं. ४ मा रास्वपाका दीपक कुमार साहले जित हासिल गरे।
- साहले कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्कीलाई भारी मतान्तरले पराजित गरे, जसमा २६ हजारभन्दा बढीको मतान्तर रहेको थियो।
- एमालेका जगदीश प्रसाद कुसियैत तेस्रो र अन्य उम्मेदवारहरूले पनि प्रतिस्पर्धा गरे।
काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित हासिल गरेको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भारी मतान्तरले पराजित गर्दै रास्वपाका दीपक कुमार साह निर्वाचित भएका हुन् ।
आइतबार सार्वजनिक गरिएको मतपरिणाम अनुसार साहले ४२ हजार ७ सय ७१ मत प्राप्त गर्दै जित सुनिश्चित गरे । उनका निकटतम प्रतिस्पर्धी कार्कीले १६ हजार ५ सय ८७ मत मात्र प्राप्त गरे। कार्की र साहबिचको मतान्तर २६ हजार १ सय ८४ रहेको छ ।
यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैत ८ हजार ६ सय ३१ मतका साथ तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिष्ट पार्टीका महम्मद महफुज अंसारी ३ हजार ४ सय ३२ मतसहित चौथो स्थानमा रहे । यस्तै, श्रम संस्कृति पार्टीका विष्णु रानाले २ हजार ७ सय ६३ मत ल्याएका छन् । यो नजिजासँगै घण्टी चुनाव चिह्न भएको रास्वपाले कुल १२४ स्थानमा विजय हासिल गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण