लोकप्रिय छौँ भन्दाभन्दै नेताको मात्रै प्रिय भइएछ: गोकुल बास्कोटा
सारांश
- गोकुल बास्कोटाले नेकपा एमालेको निर्वाचन परिणाम र पार्टीको अवस्थाबारे सामाजिक सञ्जालमा टिप्पणी गरे।
- उनले पार्टीको पुनर्संरचना, सुधार र वर्तमान परिस्थितिको विश्लेषण आवश्यक रहेको बताए।
- बास्कोटाले संगठनको कमजोर संरचना र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको परिणाम र पार्टीको अवस्थालाई लिएर नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत रोचक टिप्पणी गरेका छन्। उनले पार्टी जीवनका उकाली ओरालीलाई फर्केर हेर्दा अब गम्भीर समीक्षा, पुनर्संरचना र सुधारको खाँचो रहेको औँल्याएका हुन्।
विगतको नोस्टाल्जिक यादमा मात्रै अल्झिनु भन्दा पनि वर्तमान परिस्थितिको विश्लेषण गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्। बास्कोटाले पार्टीको संगठनात्मक ढाँचामा आएको ह्रासप्रति व्यङ्ग्य गर्दै पिरामिड जस्तो बलियो संरचनालाई फुली थप्ने लोभमा सोली जस्तो बनाइएको टिप्पणी गरे।
तल्लो तहसम्म बलियो हुनुपर्ने संगठन माथि मात्रै भारी भएको उनको सङ्केत छ। आफूहरू जनतामा लोकप्रिय छौँ भन्ने भ्रममा रहे पनि वास्तवमा नेताको मात्रै प्रिय बनेको भन्दै उनले नेतृत्व र कार्यकर्ताको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
समयको पदचापलाई पछ्याउन नसके र आफूलाई नसुधारे राजनीतिक रूपमा डायनोसर जस्तै लोप भइने खतरा रहेको बास्कोटाले स्वीकार गरेका छन्। उनले पार्टीलाई रि-भिजन, रि-थिङ्क र रि-स्ट्रक्चरिङ अर्थात् नयाँ दृष्टिकोण, नयाँ सोच र नयाँ संरचनाका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण