४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका ४ यातायात व्यवसायीमध्ये २ जनाले मात्रै जित हासिल गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष समेत विजयबहादुर स्वाँरले कैलाली–२ बाट प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजीत भएका छन् । उनको क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनालले १९ हजार बढी मत ल्याएर विजयी भएका छन् । स्वाँरले ७ हजार २ सय मत ल्याएर चौथो स्थान हासिल गरेका छन् ।
पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ बाट उम्मेदवारी दिएका थिए । नेपाली काँग्रेसले खड्कालाई उम्मेदवार बनाएकोमा २८ हजार ८ सय मत ल्याएर उनले जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी एमाले उम्मेदवार धु्रवकुमार शाहीले १८ हजार ८९० मत ल्याएका थिए ।
त्यस्तै, रास्वपाबाट उम्मेदवार बनेका कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट उम्मेदवारी दिएका उनले ३० हजार ८ सय मत ल्याएर जित हासिल गरेका छन् । सापकोटाका प्रतिद्वन्दी काँग्रेस उम्मेदवार नारायणकुमार खड्काले १६ हजार ३ सय मत ल्याएका थिए।
अर्का यातायात व्यवसायी नेपाली काँग्रेसका उम्मेदवार भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएकोमा पराजय भोग्नुपरेको छ । सो क्षेत्रबाट झविलाल डुम्रे रास्वपाका उम्मेदवारले २५ हजार भन्दा बढी मत ल्याएर जित हासिल गरे । मल्लले २० हजार ८३० मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण