फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीको जेल सजाय गाभ्ने प्रस्ताव अदालतद्वारा अस्वीकार
पेरिस । फ्रान्सको एक अदालतले सोमबार पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई अवैध आर्थिक सहयोग लिएकोे सजायमा जेल सजाय भोग्नुपर्ने फैसला सुनाएको छ ।
यस निर्णयले सन् २००७ देखि २०१२ सम्म एक कार्यकाल पूरा गरेका र पद छाडेपछि कानुनी समस्याहरूको सामना गरेका पूर्वराष्ट्रपतिले फेरि खुट्टामा विद्युतीय अनुगमन यन्त्र लगाउनुपर्ने हुन सक्छ ।
उनले डिसेम्बर २०२४ मा तथाकथित ‘बिस्मथ’ मुद्दामा न्यायाधीशको पक्ष लिने प्रयासको लागि आफ्नो अन्तिम कानुनी सहारा अन्त्य भएको थियो र आरोपको खण्डन गरेका पूर्व राष्ट्रपतिलाई आपराधिक षड्यन्त्रको आरोपमा पाँच वर्षको जेल सजाय सुनाइएको थियो।
गत वर्ष नोभेम्बरमा उनले सन् २०१२ को आफ्नो असफल पुनः चुनावको प्रयासको अवैध वित्तपोषणको लागि ‘बाइग्मेलियन’ मुद्दामा दोस्रो सजाय प्राप्त गरेका थिए । यसमा फ्रान्सको सर्वोच्च अदालतले छ महिनाको जेल सजायलाई सदर गरेको छ । उनले दुबै मुद्दाको सजाय अवधिलाई गाभ्न गरेको अपिल अदालतले खारेज गरिदिएको छ।
सन् २००७ मा लिबियाबाट आर्थिक सहयोग लिएको अभियोगमा गत बर्ष २० दिन जेल सजाय भाेगेका छन् । उनी आधुनिक फ्रान्सको स्थापनापछि जेल जाने पहिलो राष्ट्रपति हुन् । सार्कोजीले उक्त मुद्दामा अपिल दायर गरेका छन्।
दोस्रो विश्वयुद्धपछि जेल परेका नाजी राष्ट्रप्रमुख फिलिप पेटेनपछि सार्कोजी जेलमा पर्ने पहिलो फ्रान्सेली नेता हुन् ।
उनी कार्यालय छोडेपछि कानुनी समस्याहरूको बावजुद एक प्रभावशाली व्यक्तिका रूपमा हेरिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण