सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
समानुपातिक मतगणना

समानुपातिक मतगणना १ करोड नाघ्यो: कुन दलको कति मत ?

मङ्गलबार, २६ फागुन २०८२, ०० : ०७
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ १ करोडभन्दा बढी मत गणना भयो।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले ४८ लाखभन्दा बढी मतका साथ अग्रता कायम गरेको छ।
  • नेपाली कांग्रेस दोस्रो, नेकपा एमाले तेस्रो र नेकपा चौथो स्थानमा छन्।

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना १ करोड नाघेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो एकीकृत विवरण अनुसार देशभर हालसम्म १ करोड १० हजार ४२० मत गणना भइसकेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वर्चस्व कायम राख्दै ४८ लाख १४ हजार ५ सय ४२ मतका साथ अग्रता लिइरहेको छ ।

पछिल्लो नतिजा अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख २० हजार ५ सय ५९ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) १३ लाख ४९ हजार ४ सय ५० मतका साथ तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ३३ हजार ६ सय १० मत प्राप्त गर्दै आफूलाई चौथो स्थानमा सुरक्षित राखेको छ ।

निर्वाचनमा नयाँ शक्तिका रूपमा देखिएको श्रम संस्कृति पार्टीले ३ लाख ४१ हजार ८३ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा ३ लाख १५ हजार ८ सय २० मत खसेको छ । जनता समाजवादी पार्टी, नेपालले १ लाख ६४ हजार ८ सय ९३ मत र राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६१ हजार १ सय ४७ मत प्राप्त गरेका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप