जय ट्रफीको फाइनल चैत ३ गतेदेखि, चैत ७ देखि प्रधानमन्त्री कप सुरु हुँदै
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालित दुईदिवसीय जय ट्रफी इलाइट कप क्रिकेट प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ। काठमाडौँमा जारी प्रतियोगिताको समूह चरणबाट नेपाल प्रहरी क्लब र त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेका हुन्।
उपाधि भिडन्तका लागि यी दुई विभागीय टोलीबिच आगामी चैत ३ गतेदेखि ५ गतेसम्म काठमाडौँको माथिल्लो मुलपानी क्रिकेट मैदानमा तीनदिवसीय ढाँचामा प्रतिस्पर्धा हुनेछ। फागुन ८ गतेदेखि सुरु भएको यस प्रतियोगिताले नेपालमा लामो संरचनाको क्रिकेटलाई पुनः चलायमान बनाएको छ।
यसैबिच, नेपाली क्रिकेटको प्रतिष्ठित घरेलु प्रतियोगिता प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट को मिति र स्थान पनि तय भएको छ। राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार यस वर्षको प्रधानमन्त्री कप चैत ७ गतेदेखि २०८३ साल वैशाख ४ गतेसम्म सञ्चालन हुने भएको छ। यो प्रतियोगिता मधेस प्रदेशका दुई सहर पर्सा र जनकपुरमा मुख्य रूपमा आयोजना गरिनेछ।
प्रतियोगितालाई थप प्रभावकारी बनाउन केही खेलहरू भने काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र माथिल्लो मुलपानी क्रिकेट मैदानमा पनि खेलाइने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए। देशभरका उत्कृष्ट प्रतिभाहरू सहभागी हुने यस प्रतियोगितालाई नेपाली क्रिकेटको जग मानिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण