सेयर बजारमा एकैदिन २१ अर्ब ५० करोड माथिको कारोबार
सारांश
- मंगलबार नेप्से परिसूचक ३२.०८ अंकले घटेर २८४३.३५ विन्दुमा ओर्लिएको छ।
- आज २१ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन ७ महिनायताकै उच्च हो।
- रिलायन्स स्पिनिङ मिल्स लगायत केही कम्पनीका लगानीकर्ताले उच्च नाफा कमाएका छन्।
काठमाडाैँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा घटेको छ । अघिल्लो दिन १६२ अंकको ऐतिहासिक वृद्धि भएर बन्द भएको सेयर बजारले आज ३२.०८ अंकको करेक्सन गरेको हो । योसँगै बजार परिसूचक २८४३.३५ विन्दुमा ओर्लिएको छ ।
आज कारोबार रकम भने निकै ठूलो उछाल आएको छ । मंगलबार ३२९ वटा कम्पनीको कुल ५ करोड २७ लाख कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारो बार रकम करिब ७ महिना यताकै धेरै हो ।
आज बजारमा कारोबार भएका कम्पनीमध्ये जम्मा ७८ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । बाँकी ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
बजार समग्रमा घटे पनि केही कम्पनीका लगानीकर्ताहरूले भने उच्च नाफा कमाएका छन् । रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै सालपा विकास बैंकको ९.९९ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ९.०८ प्रतिशत र कालिका पावर कम्पनीको सेयर मूल्य ८.८७ प्रतिशतले बढेको छ । हिमस्टार उर्जा कम्पनीको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशतले बढेको छ ।
बजारमा आज म्युचुअल फण्ड, जीवन बीमा र निर्जीवन बीमा कम्पनीमा सुधार देखिँदा बाँकी समूहका सूचक घटेका छन् ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । यस कम्पनीको १ अर्ब ९ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी आँखुखोला जलविद्युत कम्पनीको ६९ करोड ६४ लाख, अपी पावरको ६१ करोड ६८ लाख र रिडि हाइड्रोपावरको ५९ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
-
मेस्सीको कीर्तिमानपछि अब नजर रोनाल्डोमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण