सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

गण्डकीमा १० जनाले ल्याए ५० प्रतिशतभन्दा बढी मत, राजनले कटाए ५० हजार

मङ्गलबार, २६ फागुन २०८२, १७ : १३
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • गण्डकी प्रदेशका १० सांसदले ५० प्रतिशतभन्दा बढी मत ल्याएर चुनाव जितेका छन्।
  • मनाङका टेकबहादुर गुरुङले सबैभन्दा बढी ८४ प्रतिशत मत ल्याए भने कास्कीका उत्तमप्रसाद पौडेलले ६२.९७ प्रतिशत मत प्राप्त गरे।
  • नवलपुरका राजन गौतमले ५० हजारभन्दा बढी मत ल्याए भने बागलुङका सोम शर्माले सबैभन्दा कम मत ल्याए।

पोखरा । गण्डकी प्रदेशबाट नवनिर्वाचित १० जना सांसदले ५० प्रतिशत भन्दा बढी मत ल्याएर चुनाव जितेका छन् । १८ निर्वाचन क्षेत्र मध्ये १० जनाले खसेको मतको ५० प्रतिशत भन्दा बढी मत ल्याएका हुन् । 

प्रतिशतका हिसावले मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङले सबैभन्दा बढी मत ल्याएका छन् । उनले पूरा मतको करिब ८४ प्रतिशत मत पाएका हुन् । उनी २ हजार ४ सय १५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिश्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी यशोदा सुवेदीले ४ सय ५४ मत मात्रै पाइन् । 

हिमाली जिल्ला मनाङमा ७ हजार मतदाता रहेकोमा ४१ प्रतिशतले मात्रै मतदान गरेका थिए ।

यस्तै, कास्की क्षेत्र नम्बर २ का उत्तमप्रसाद पौडेलले ६२.९७ प्रतिशत, नवलपुरका राजन गौतमले ६२.३२ प्रतिशत, कास्की ३ की विना गुरुङले ६०.२६ प्रतिशत मत ल्याइन् ।

 कास्की १ का खडकराज पौडेल गनेसले ५९.१६ प्रतिशत, तनहुँ १ का डा. स्वर्णिम वाग्लेले ५५.२९ प्रतिशत, नवलपुर २ का मनिष खनालले ५४.२५ प्रतिशत, म्याग्दीका महाबीर पुनले ५३.९४ प्रतिशत मत पाएका छन् । मुस्ताङका योगेश गौचन थकालीले ५२.५८ प्रतिशत मत पाउँदा तनहुँ २ का श्रीराम न्यौपानेले ५२.१५ प्रतिशत मत प्राप्त गरे ।

सबैभन्दा कम प्रतिशत ल्याएर चुनाव जित्ने सांसद हुन् बागलुङ २ का सोम शर्मा । यहाँ ४४ हजार ५ सय ५६ मत सदर हुँदा उनले १२ हजार ६ सय ४७ मत ल्याएका हुन् । सबैभन्दा कम अन्तरले चुनाव हारजित भएको यही क्षेत्रमा हो । 

यस्तै, स्याङजाका झविलाल डुम्रेले पनि २८ प्रतिशत मात्रै मत प्राप्त गरे । खसेको ४४ हजार ५ सय ५६ मतमध्ये २५ हजार ३ सय ४५ मत ल्याएका हुन् ।

५० हजार मत कटाउने गण्डकीमा एकजना मात्रै सांसद छन् । नवलपुरका राजन गौतमले ५० हजार १ सय ९५ मत प्राप्त गरेका हुन् । गण्डकीमा सबैभन्दा कम मत ल्याउने ५ जना उम्मेद्वार छन् । 

उनीहरुले ३ मत मात्रै पाएका हुन् । मुस्ताङका यम बहादुर गुरुङ, पर्वतकी सावित्री शर्मा, नवलपुर १ की गीता कुमारी लामिछाने र तुल बहादुर शोली मगर तथा कास्कीकी २ की विनीता अवालले ३ मत मात्रै पाएकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप