तीजको कोसेलीः नीता र दिपेन्द्रको 'छम्म-छम्म' (भिडियो)
शनिबार, १२ साउन २०७५, ०८ : ०७
गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आशिष अविरलको एरेन्ज रहेको छ।
तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पति उसँगै नाच्न आउँछ । गीतको यही भावलाई भिडियोमा उतारिएको छ ।
निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।
गीत तथा भिडियोलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो । आधुनिक गीतको भिडियोमा मोडलिङको अनुभव लिइसकेका दिपेन्द्रले तीज गीतमा पहिलो पटक मोडलिङ गरेको बताए ।
भिडियो हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण