एमाले बागलुङ नगर अध्यक्ष शर्माले दिए राजीनामा
पोखरा । बागलुङ नगरपालिकाका एमाले अध्यक्ष रामकृष्ण शर्माले राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा आफ्नो नगरपालिकाबाट पार्टीलाई पर्याप्त मत प्राप्त नभएपछि नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएका छन् ।
बागलुङ नगरपालिकाभित्र एमाले तेस्रो भएको छ । नगरपालिकामा रास्वपाका उम्मेदवारले १२ हजार १ सय ७६ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले ४ हजार ४ सय ३३ मत पाए । एमाले उम्मेदवार हीरा केसीले जम्मा ३ हजार ९ सय १४ मत प्राप्त गरे ।
आफ्नो पार्टीको प्रभाव राम्रो भए पनि यो चुनावमा लज्जास्पद नतिजा आएपछि आफू पदमा रहन उचित नभएको शर्माको विज्ञप्तिमा उल्लेख छ । उनले पार्टीको पुनर्गठन जरुरी भएको औंल्याए । ‘सूर्य ध्वजाबहाक उम्मेदवारलाई जिताउन नसकेको र कार्यकर्तालाई उत्साही बनाउन नसकेकोले आजैका दिनदेखि राजीनामा पेस गर्दछु,’ उनले लेखेका छन् ।
यसअघि कास्की जिल्ला कमिटीका सल्लाहकार खगराज आचार्यले पनि राजीनामा दिएका थिए । उनले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा आउनुपर्नेमा अझै नदिएका कारण आफैले राजीनामा दिएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदाधिकारीका लागि आज चुनावी प्रतिस्पर्धा, यस्तो छ ‘हेभिवेट’ उम्मेदवारहरूको दाबेदारी
-
रवि लामिछाने मध्यरातमा महाधिवेशन स्थलमा, आकांक्षीहरुसँग छलफल (फोटो फिचर)
-
सातै प्रदेशका ‘टपर’ नेताहरू को–को हुन् ? हेर्नुहोस् सर्वाधिक मत ल्याउने ७ उम्मेदवार
-
रास्वपा उपसभापतिमा ‘हेभिवेट’ महिला नेतृहरूको रोचक भिडन्त
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण