पूर्व क्लबविरुद्ध काई हाभर्ट्जको गोलले आर्सनललाई बचायो
सारांश
- च्याम्पियन्स लिगको अन्तिम १६ मा आर्सनल र लेभरकुसेन १-१ को बराबरीमा रोकिए।
- लेभरकुसेनका लागि रोबर्ट एन्डरिचले गोल गरे भने आर्सनलका लागि काई हाभर्ट्जले पेनाल्टीमा गोल गरे।
- यो बराबरीले आर्सनलको लगातार आठ खेलको जितको यात्रामा पूर्णविराम लगायो।
काठमाडौँ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आर्सनलले बायर लेभरकुसेनसँग १–१ को बराबरी खेलेको छ । घरेलु मैदानमा रोबर्ट एन्डरिचको गोलमा लेभरकुसेनले अग्रता लिएपनि खेलको अन्त्यतिर काई हाभर्ट्जले पेनाल्टीमा गोल गर्दै आर्सनललाई हारबाट जोगाएका हुन् ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफ सुरु भएको एक मिनेट नबित्दै ४६ औँ मिनेटमा रोबर्ट एन्डरिचले हेडरमार्फत गोल गर्दै लेभरकुसेनलाई अग्रता दिलाए ।
एलेक्स ग्रिमाल्डोको कर्नरमा उनले गोल गरेका थिए । यो गोलसँगै आर्सनल यस सिजनको च्याम्पियन्स लिगमा पहिलो पटक पछि परेको थियो ।
घरेलु टोलीले खेल जित्ने देखिएको अवस्थामा आर्सनलले अन्तिम समयमा पेनाल्टी पायो । नोनी माडुकेलाई बक्सभित्र लडाएपछि पाएको अवसरलाई काई हाभर्ट्जले कुनै गल्ती नगरी ८९ औँ मिनेटमा गोलमा परिणत गरे । रोचक कुरा के छ भने, हाभर्ट्जले आफ्नो व्यावसायिक करियर बायर लेभरकुसेनबाटै सुरु गरेका थिए । पूर्व क्लबविरुद्धको उनको गोलले आर्सनललाई महत्त्वपूर्ण अवे गोल दिलाएको छ ।
यो बराबरीसँगै आर्सनलको च्याम्पियन्स लिगमा लगातार आठ खेलको जितको यात्रामा पूर्णविराम लागेको छ । अब यी दुई टोलीबिचको दोस्रो लेग आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा हुनेछ र सोही खेलले क्वाटर फाइनल पुग्ने टोलीको टुङ्गो लगाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण