गगन थापाको नेतृत्व अपरिहार्य रहेको भन्दै ललितपुरका जनप्रतिनिधिद्वारा राजीनामा नदिन आग्रह
सारांश
- ललितपुरका जनप्रतिनिधिहरूले गगन थापाको नेतृत्वको समर्थनमा ऐक्यबद्धता जनाएका छन्।
- उनीहरूले पार्टी सभापतिको राजीनामाको विषयलाई अस्वीकार गर्दै नेतृत्वको निरन्तरताको आवश्यकता औंल्याए।
- ललितपुर महानगरपालिकाका प्रमुख, जिल्ला समन्वय समितिका प्रमुखलगायतका जनप्रतिनिधिहरूले विज्ञप्ति जारी गरेका हुन्।
काठमाडौँ । नेपाली कांग्रेस भित्रको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापाको पक्षमा बलियो ऐक्यबद्धता जनाएका छन् ।
बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ललितपुरका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूले वर्तमान जटिल राजनीतिक अवस्थामा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको बताएका हुन्।
विज्ञप्तिमा कांग्रेसको गरिमामय इतिहास, वर्तमान राजनीतिक चुनौती, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा खेल्नुपर्ने प्रभावकारी भूमिकाका लागि गगन थापा नै एक मात्र योग्य व्यक्तित्व भएको दाबी गरिएको छ ।
जनप्रतिनिधिहरूले पछिल्लो समय चर्चामा आएको सभापतिको राजीनामाको विषयलाई पूर्णतः नकार्दै पार्टीको सुदृढीकरणका लागि नेतृत्वको निरन्तरताको खाँचो औँल्याएका छन्।
यसरी ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, र बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन रहेका छन् ।
त्यस्तै,महाङ्कालका अध्यक्ष गणेशबहादुर केसी, गोदावरीकी उपप्रमुख मुना अधिकारी, महालक्ष्मीकी उपप्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरेले पनि सामूहिक रूपमा सभापति थापालाई अभिभावकत्व ग्रहण गर्न आग्रह गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण