पितासँग सल्लाह लिँदैनन् आमिर खानका छोरा जुनैद
सारांश
- शाहरुख खानका छोरा आर्यनले निर्देशन रोजे, जबकि आमिर खानका छोरा जुनैदले अभिनयमा ध्यान दिएका छन्।
- जुनैदले नयाँ फिल्महरू आफैं छान्छन्, र उनी आमिर खान प्रोडक्सनको फिल्म 'एक दिन' मा देखिनेछन्।
- आमिर खानले जुनैदसँगको सम्बन्धलाई साथीको रूपमा वर्णन गरे, र उनी चेसमा छोरासँग हार्छन्।
नयाँ दिल्ली । बलिउडका ‘बादशाह’ शाहरुख खानका छोरा आर्यन खानले अभिनय नरोजेर निर्देशनलाई आफ्नो पेसा बनाए । उता बलिउडका ‘मिस्टर पफेक्सनिस्ट’ आमिर खानका छोरा जुनैद खानले भने अभिनयमा आफ्नो पहिचान स्थापित गर्न खोजिरहेका छन् । जुनैदले ‘महाराज’बाट अभिनयमा डेब्यु गरेका थिए । अन्तिम पटक उनी खुशी कपूरसँग ‘लभयापा’मा देखिएका थिए । यतिबेला उनका हातमा राम्रा मानिएका केही फिल्म छन् । तर कुनै पनि नयाँ प्रोजेक्ट छनोट गर्नुअघि जुनैदले आफ्ना पितासँग सल्लाह नै लिँदैनन् ।
‘जुनैदले कुनै पनि प्रोजेक्टमा मसँग सल्लाह माग्दैन । मलाई लाग्छ कि उनले दुई फिल्म साइन गरेको छ, जसमध्ये एउटा एकता कपूर र बालाजी टेलिफिल्म्सको हो । उनी सबै निर्णय आफैं गर्छन्, र त्यो ठुलो कुरा हो,’ भेराइटी इन्डियासँगको एक अन्तर्वार्तामा आमिर खानले भने । आमिरले घरमा आफू कठोर खालको पिता नभएको बरु छोराछोरीलाइ साथीजस्तै व्यवहार गर्ने कुरा बताएका छन् । छोराछोरीहरू जुनैद, इरा र आजादसँग उनको मैत्रीपूर्ण सम्बन्ध छ । जुनैद आफूजस्तै भएको पनि आमिरले भनेका छन् । उनीसँग सिनेमा, पटकथा र सम्पादनको राम्रो बुझाइ भएको र उनको इच्छाशक्ति पनि दृढ भएको आमिर बताउँछन् । आफूले छोरालाई ४ वर्षको उमेरदेखि नै चेस खेल्न सिकाएको अनि जुनैदले आफूलाई ऊ १८ वर्षको हुँदा पहिलो पटक यस खेलमा पराजित गरेको आमिर भन्छन् । अब त जुनैद यो खेल यति पोख्तसँग खेल्छन् कि जतिसुकै प्रयास गरे पनि आमिरले जुनैदलाई चेसमा हराउन सक्दैनन् ।
छिट्टै ‘एक दिन’मा देखिँदैछन् जुनैद
कामको कुरा गर्ने हो भने जुनैद चाँडै नै रोमान्टिक ड्रामा ‘एक दिन’मा देखिनेछन् । यो आमिर खान प्रोडक्सनको फिल्म हो । फिल्म मे १ मा रिलिज हुँदै छ । यस फिल्ममा दक्षिण अभिनेत्री साई पल्लवी मुख्य भूमिकामा छिन् । यसको ट्रेलर हालै रिलिज भएको थियो । ट्रेलरले मिश्रित समीक्षा पाएको थियो । जुनैद 'रागिनी एमएमएस–३' मा देखिन सक्नेछन् । यसमा उनको अपोजिटमा तमन्ना भाटिया रहने खबर आएको छ ।
आमिर भने अन्तिम पटक ‘सितारे जमीन पर’ र ‘ह्याप्पी पटेल’मा देखिएका थिए । उनी हाल आफ्नै प्रडक्शन हाउसको फिल्म ‘लाहोर १९४७’ मा काम गरिरहेका छन् । यस फिल्मममा सनी देओल र प्रीति जिन्टा शीर्ष भूमिकामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण