बैंकिङ कसुरमा ५ वर्ष कैद र ४४ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
बिहीबार, २८ फागुन २०८२, १६ : ५०
सारांश
- मोरङ प्रहरीले बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका र फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।
- रतुवामाई नगरपालिकाका साजाह मिँयालाई ५ वर्ष कैद र ४४ लाख बढी जरिवाना तोकिएको थियो।
- फरार रहेका मिँयालाई प्रहरीले शुक्रबार घरबाटै पक्राउ गरी अदालतमा बुझाएको छ।
विराटनगर। बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। मोरङ जिल्ला अदालतको फैसलाले ५ वर्ष कैद र ४४ लाख ६२ हजार ४०० रुपैयाँ जरिवाना सजाय तोकिएका रतुवामाई नगरपालिका वडा नं. ५ का ४० वर्षीय साजाह मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अदालतले कैद र भारी जरिवानाको फैसला सुनाएदेखि नै मिँया फरार रहँदै आएका थिए। उनलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको विशेष प्रहरी टोलीले शुक्रबार आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा
फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए। पक्राउ परेका मिँयालाई फैसला कार्यान्वयनका लागि मोरङ जिल्ला अदालत विराटनगरमा बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति
-
तृणमूल काङ्ग्रेसमा विद्रोह : पार्टी अध्यक्षमा रोय चयन
-
हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रह
-
धान रोपाइँ गर्ने चटारोकै समयमा मधेसका किसानलाई सिँचाइ र मलको अभाव
-
सामुदायिक वनको अतिक्रमित जग्गा खाली गराइयो
-
आफ्नो विवाहको चर्चाबारे के भन्छन् आमिर खान ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण