एमालेको प्रत्यक्ष र समानुपातिक मतान्तर पौने २ लाख
सारांश
- प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले प्रत्यक्षतर्फ समानुपातिकभन्दा पौने २ लाख बढी मत प्राप्त गर्यो।
- एमालेले प्रत्यक्षतर्फ १६४ सिटमा उम्मेदवारी दिएर जम्मा ९ सिटमा मात्र जित हासिल गर्यो।
- राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा राम्रो नतिजा ल्याएपछि पुराना दलहरूको आकार खुम्चियो।
काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले समानुपातिक भन्दा प्रत्यक्षतर्फ पाएको मत पौने २ लाखभन्दा बढी रहेको पाइएको छ ।
१६५ निर्वाचन क्षेत्रमध्ये १६४ स्थानमा उम्मेदवारी दिएको एमालेले प्रत्यक्षतर्फ ९ सिटमा मात्र जित निकालेको छ । एमालेका प्रत्यक्षतर्फ उठेका सबै उम्मेदवारको मत १६ लाख ३४ हजार १३५ हुन आउँछ ।
यस्तै, समानुपातिक तर्फ एमालेले पाएको जम्मा मत १४ लाख ५५ हजार ८८५ छ । एमालेको प्रत्यक्ष र समानुपातिकतर्फको मतान्तर १ लाख ७८ हजार २५० रहेको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा २०७९ को चुनावमा २१ सिट जितेर चौथो पार्टीको बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यो पटक चमत्कारिक जित निकालेपछि पुराना र यसअघि ठुला भनिएका पार्टीहरू संसदीय आकारमा खुम्चिन पुग्दा उनीहरूको मत समेत घट्न पुगेको हो ।
यो निर्वाचनले दलहरूको आकार घटबढ भएसँगै यसअघि ठुला भनिने पार्टीको पहिचान नै बदलिन पुगेर ‘साना’ दलको हैसियत कायम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सियाटलमा बोस्नियाको वर्चस्व, पहिलो हाफमा कतार २–१ ले पछाडि
-
सात विपन्न परिवारलाई घर
-
रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
-
मध्यरातसम्म पनि सुरु भएन रास्वपाको मतदान, लाइनमै छन् प्रतिनिधि
-
१२ बजे १२ समाचार: रास्वपालाई महाधिवेशन व्यवस्थापन गर्नै धौधौदेखि कर्णालीको ‘कन्तबिजोग’सम्म
-
गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण