महावीर पुनले चुनावमा कति गरे खर्च ?
बिहीबार, २८ फागुन २०८२, २० : ३८
पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखाएका छन् ।
बिहीबार निर्वाचन आयोगमा पेस गरिएको विवरणमा २८ लाख ६८ हजार ८ सय ६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको हो । सबैभन्दा बढी होटलको खाना र बासमा खर्च भएको छ ।
यो शीर्षकमा १३ लाख ७ हजार भन्दा बढी खर्च देखाएका हुन् । यातायात र मर्मतमा ६ लाख ६० हजार र डिजेलमा ३ लाख ६० हजार खर्च गरेका छन् । १ लाख ४० हजार चालकलाई ज्याला दिएका उनले प्रचार प्रसार सामग्रीमा २ लाख ९० हजार खर्च भएको देखाएका छन् ।
यसबाहेक, मनोनयन दर्तामा १० हजार रुपैयाँ, मतदाता नामावली खरिद ३ हजार, स्टेशनरी २५ हजार ३ सय र विविध ७० हजार ८ सय ७७ रुपैयाँ खर्च भएको निर्वाचन परिचालक समितिका चित्रबहादुर तिलिजाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
-
ओपनएआईमा जाँदैछन् गुगल जेमिनीका मास्टरमाइन्ड नोआम शाजिर
-
माछाखोला जलविद्युत् आयोजना निर्माण गरिँदै
-
विपक्षी सांसदको गुनासो : संसद्मा उठाएका विषयको सुनुवाइ भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण