अनुचित लेनदेनको आरोपमा शान्ति तिवारी पक्राउ
शुक्रबार, २९ फागुन २०८२, १३ : ०३
सारांश
- प्रहरीले अनुचित लेनदेनमा संलग्न आरोपमा शान्ति तिवारीलाई पक्राउ गरेको छ।
- नवलपरासी घर भएर काठमाडौँ बस्ने ५३ वर्षीया तिवारीलाई शान्ति नगरबाट पक्राउ गरिएको हो।
- पीडितहरूले ५७ लाख लगानी गरेर १ करोड ४ लाख मागेर धाक धम्की दिएको आरोप लगाएका छन्।
काठमाडौँ । प्रहरीले अनुचित लेनदेनमा संलग्न आरोपमा शान्ति तिवारीलाई पक्राउ गरेको छ । नवलपरासी (सुस्ता पूर्व) घर भएर काठमाडौँ बस्ने ५३ वर्षीया तिवारीलाई शान्ति नगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
अनुचित लेनदेन सम्बन्धी कसुर गरेको आरोपमा उनलाई प्रहरीले फागुन २८ मा पक्राउ गरेको हो । नविना शाहीसहित ५ जना पीडितले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।
५७ लाख रुपैयाँ लगानी गरेर तिवारीले १ करोड ४ लाख मागेर धाक धम्की दिने गरेको पीडितहरुले प्रहरीलाई बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेन्टल क्लिनिकमा अवैध जनशक्तिको बिगबिगी, छानबिन गरी खारेज गर्न एशोसिएशनको माग
-
प्रेमीसँग मिलेर हुनेवाला पतिको हत्या आरोप
-
१ अर्ब ८७ करोडको बजेट ल्याउँदै जितपुर सिमरा उपमहानगर
-
यी बानीले तपाईंलाई बनाइरहेछ समयभन्दा पहिले बुढो
-
सरकारले शिक्षा क्षेत्रलाई अस्तव्यस्त बनाएको राष्ट्रिय सभाका सांसदहरूको आरोप
-
बालुवा प्रशोधन केन्द्रप्रति स्थानीयको आपत्ति, अनुमति प्रक्रियामाथि प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण