सफलतापूर्वक चुनाव सम्पन्न गरेकामा सरकारलाई धन्यवाद
सारांश
- नागरिक अभियानले सफल निर्वाचन सम्पन्न गराएकोमा सरकारलाई बधाई दिएको छ।
- इन्सेकका अध्यक्ष र मानव अधिकार सङ्गठनका अध्यक्षसहितको टोलीले गृहमन्त्रीलाई भेटेको थियो।
- गृहमन्त्रीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिए।
काठमाडौँ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराउन निर्वाह गरेको भूमिकाप्रति नेपाल सरकारलाई बधाई ज्ञापन गरेको छ ।
अभियानको तर्फबाट अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष विजयराज गौतम र नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालसहितको प्रतिनिधिमण्डलले शुक्रबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटगरी प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) शान्तिपूर्ण, निष्पक्ष तथा व्यवस्थित रूपमा सम्पन्न गराउन निर्वाह गरेको महत्वपूर्ण भूमिकाप्रति धन्यवाद दिएको हो ।
अभियानले निर्वाचन सफल बनाउन नेपाल सरकार तथा निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाप्रति पनि धन्यवाद तथा आभार व्यक्त गरेको छ । सो अवसरमा गृहमन्त्री अर्यालले प्रतिनिधि निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै यस कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरे ।
लोकतान्त्रिक प्रक्रियाको महत्त्वपूर्ण अभ्यासको रूपमा रहेको निर्वाचन मार्फत जनादेश लिनु संवैधानिक र कानुनी दृष्टिले सर्वोत्तम पक्ष हो भन्दै उनले निर्वाचनको माध्यमबाट संविधान कार्यान्वयन एवम् नेपाली जनताले प्राप्त गरेको हक अधिकारको संस्थागत गर्नमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको गृहमन्त्री अर्यालको भनाइ थियो ।
अभियानले विषम परिस्थितिमा पनि निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित तथा भयरहित निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको र यसले नागरिकको लोकतन्त्रप्रतिको विश्वासलाई थप मजबुत बनाएको उल्लेख गरिएको छ ।
आवधिक निर्वाचन लोकतान्त्रिक शासन प्रणालीका आधारभूत स्तम्भका रूपमा रहेकोले यस्तो संवेदनशील राष्ट्रिय दायित्वलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सरकारद्वारा गरिएको नीतिगत, प्रशासनिक तथा सुरक्षा व्यवस्थासम्बन्धी तयारी र समन्वय प्रशंसनीय रहेको नागरिक अभियानले धन्यवाद पत्रमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
-
भक्तपुरसहित देशका विभिन्न स्थानमा चारजना मृत भेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण