ब्राजिलका पूर्व राष्ट्रपति बोल्सोनारो अस्पताल भर्ना
काठमाडाैँ । निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारो अस्वस्थ भएपछि शुक्रबार अस्पताल भर्ना गरिएको उहाँको पारिवारिक स्रोतले जानकारी गराएको छ।
“बुवा फेरि अस्पताल जाँदै हुनुहुन्छ । प्रारम्भिक रिपोर्ट अनुसार उहाँलाई निमोनियाका कारण लगातार वान्ता आउने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ,” सिनेटर तथा राष्ट्रपति पदका आकाङ्क्षी फ्लाभियो बोल्सोनारोले एक्समा लेखेका छन्।
पूर्व राष्ट्रपति बोल्सोनारोलाई सन् २०२२ को चुनावमा पराजित भएपछि असफल ‘कू’ प्रयास गर्न आफ्ना समर्थकलाई उक्साएको अभियोगमा २७ वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०१८ मा एक चुनावी अभियानका क्रममा पेटमा छुरा प्रहार भएपछि उहाँ बारम्बार स्वास्थ्य समस्याबाट पीडित भएका थिए ।
ब्राजिलको अर्को राष्ट्रपति चुनाव अक्टोबरमा हुँदैछ र जेलमा रहे पनि बोल्सोनारो देशको राजनीतिक मञ्चमा प्रमुख व्यक्तित्व बनेका छन्।
पूर्व राष्ट्रपति बोल्सोनारोले आफ्ना जेठा छोरा फ्लाभियो बोल्सोनारोलाई वर्तमान वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई चुनौती दिन दक्षिणपन्थी उम्मेदवारको रूपमा घोषणा गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी बोल्सोनारोका वकिलहरूले ब्राजिलका लागि अमेरिकी विदेश मन्त्रालयका नयाँ सल्लाहकार ड्यारेन बिटीलाई मार्च १८ मा जेलमा बोल्सोनारोसँग भेट्न अनुमति दिन सर्वोच्च अदालतसँग माग गरेका थिए ।
यसअघि, सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्डर डि मोराइसले भेटको प्रबन्ध गर्न आदेश गरे पनि ब्राजिल सरकारले भेट नगर्न आग्रह गरेपछि उहाँले बिहीबार आफूले दिएको अनुमति रद्द गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको ओइरो
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन एक दिन लम्बिने, मनिष झा महामन्त्रीमा भिड्ने
-
वन्यजन्तुसँग साक्षात्कार गराउँदै कुम ठाकुर
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
-
अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण