शेरबहादुर तामाङलाई गोकुल बास्कोटाको जवाफ– 'म तपाईँजस्तो चरम अवसरवादी पात्र होइन'
शनिबार, ३० फागुन २०८२, ०८ : २०
१
सारांश
- एमाले नेता गोकुल बास्कोटा र शेरबहादुर तामाङबीच आरोप प्रत्यारोप भएको छ।
- बास्कोटाले तामाङमाथि आफूमाथि जाइलागेको र अवसरवादी भएको आरोप लगाए।
- बास्कोटाले तामाङको पार्टी फुटाउने प्रयासको समेत आलोचना गरे।
काठमाडौँ । नेकपा एमालेका नेताद्वय गोकुल बास्कोटा र शेरबहादुर तामाङबिच आरोप प्रत्यारोप भएको छ । तामाङ सार्वजनिक रूपमा आफूमाथि जाइलागेको भन्दै सामाजिक सञ्जालमार्फत बास्कोटाले आक्रोश पोखेका हुन् ।
उनले भनेका छन्– 'भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारि फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रूपमा जाई लागेछन। म तपाईँ जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होइन । '
बास्कोटाले तामाङ पटक पटक पार्टी नै फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र भएको समेत उल्लेख गरेका छन् । ०३८ यताका इतिहास हेरे पनि यस विषय प्रस्ट हुने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण