संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सरकार बिना प्रहरी प्रशासन चलिरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । विश्वमा कतै पनि बिना प्रहरी प्रशासनको सरकार नहुने भन्दै उनले नेपालमा मात्रै प्रदेश सरकारहरूले यस्तो नियति भोगिरहेको बताए ।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संविधानले परिकल्पना गरेको अधिकार आठ वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रदेशले नपाएको गुनासो गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले जनकपुरको तिरहुतिया गाछीमा ‘अब अधिकारका लागि होइन, पशुपति दर्शन गर्न मात्र आउनू’ भनी दिएको अभिव्यक्तिको स्मरण गराउँदै प्रदेशले नमागीकन अधिकार दिन खोजेकोमा साहलाई धन्यवादसमेत दिए ।
मुख्यमन्त्री यादवले मधेस प्रदेशमा प्रहरीको भौतिक संरचना अत्यन्तै दयनीय रहेको बताए । माओवादी द्वन्द्वकालमा क्षति भएका भग्नावशेष भवनहरूमा समेत प्रहरीहरू अहिले बस्न बाध्य रहेको उल्लेख गर्दै उनले यसको सुधार गर्नुपर्ने आवश्यकता औंल्याए ।
जेनजी आन्दोलनका क्रममा धेरै ठाउँमा प्रहरीका सवारी साधनहरू जलाइएको र नष्ट गरिएको भन्दै उनले त्यसको पूर्ति गर्नुपर्ने दायित्व पनि थपिएको बताए । प्रदेश प्रहरीलाई सुसम्पन्न बनाउन प्रदेश सरकारको मात्र नभई संघीय सरकारको पनि उत्तिकै जिम्मेवारी रहेको उाको भनाइ छ । सीमित साधनस्रोतका बाबजुद प्रदेश सरकारले प्रत्येक वर्ष प्रहरीलाई सहयोग गरिरहेको उनले जानकारी दिए ।
मुख्यमन्त्री यादवले २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन भुमिका खेल्ने सुरक्षा निकायको उच्च प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण